BIZMANDU
www.bizmandu.com

नेपाललाई समुद्री पहुँचसम्म पुर्‍याउन क्षेत्रीय सहकार्यको आवश्यकता छ : भौतिकमन्त्री दाहाल

२०८२ असार १५

नेपाललाई समुद्री पहुँचसम्म पुर्‍याउन क्षेत्रीय सहकार्यको आवश्यकता छ : भौतिकमन्त्री दाहाल
नेपाललाई समुद्री पहुँचसम्म पुर्‍याउन क्षेत्रीय सहकार्यको आवश्यकता छ : भौतिकमन्त्री दाहाल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल जस्ता भूपरिवेष्ठित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएका छन्।

Tata
GBIME

उनले टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरममा नेपाल जस्ता भूपरिवेष्ठित मुलुकलाई ‘कनेक्टिभिटी’ (सडक सञ्जाल तथा पूर्वाधार) को माध्यमबाट समुद्री पहुँचसम्म पुर्‍याउन क्षेत्रीय सहकार्यको आवश्यकता रहेको बताए।

उनले भूपरिवेष्ठितबाट भूजडित बन्न सडक, रेल र बन्दरगाहमा मात्र नभई सहकार्य, विश्वास र साझा दृष्टिकोणमा पनि लगानी गर्नुपर्ने बताए। यसका लागि नेपाल सबै विकास साझेदार र छिमेकी मुलुकसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।

उनले नेपाललाई छिमेकी मुलुकहरुसँग जोड्ने रणनीतिक करिडोरलाई प्राथमिकता दिएको पनि बताए। उनले निर्माणाधीन करिडोरहरुले भारत र चीनलाई जोड्ने बताए।

‘हामी चीनसँग ट्रान्स–हिमालयन कनेक्टिभिटी परियोजना अन्तर्गत राजमार्ग विस्तार र रेलमार्गको सम्भाव्यता अध्ययनमा संलग्न छौं,’ उनले भने, ‘नेपाल बंगलादेशका बन्दरगाहहरूसम्म पहुँच विस्तार गर्ने योजनामा छ।’