BIZMANDU
www.bizmandu.com

ठगी आरोपमा पक्राउ १९ वर्षीय दुई युवा एक करोडभन्दा बढीको क्रिप्टो कारोबारमा संलग्न

२०८२ असार १४

ठगी आरोपमा पक्राउ १९ वर्षीय दुई युवा एक करोडभन्दा बढीको क्रिप्टो कारोबारमा संलग्न
ठगी आरोपमा पक्राउ १९ वर्षीय दुई युवा एक करोडभन्दा बढीको क्रिप्टो कारोबारमा संलग्न

काठमाडौं। सामाजिक सञ्जाल विभिन्न प्रलोभन दिइ ठगी गरेको आरोपमा पक्राउ परेका १९ वर्षका दुई युवक क्रिप्टो करेन्सी कारोबारमा पनि संलग्न रहेको खुलेको छ। प्रहरीले गत बुधबार कागेश्वरी मनोहरा-६ बस्ने धादिङको थाक्रेका समीर तामाङ र गोकर्णेश्वर-१ सुन्दरीजलका क्रिस पोखरेललाई पक्राउ गरेको थियो।

Tata
GBIME

उनीहरु विरुद्ध २३ लाख १५ हजार ठगी गरेको आरोपमा उजुरी परेको थियो। पक्राउ गरेपछि उनीहरु प्रतिबन्धित अभौतिक मुद्रा क्रिप्टो करेन्सीको कारोबार पनि संलग्न पाइएको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले दिए। उनीहरुले १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा पाइएको छ।

फेसबुक र टेलिग्राममा समीर तामाङको नामबाट बनाइएको युजरबाट उनीहरुले विदेशमा फर्निचर उद्योगमा लगानी गर्दा फाइदा हुने, अनलाइन जागिर लगाइदिने लगायतका प्रलोभन दिएर ठगी गरेको आरोप थियो। दुवैविरुद्ध कार्बाही अघि बढाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।