BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणको अध्यक्षमा ललिपप देखाइएका पुडासैनीले पाँच महिनापछि प्रतिष्ठानमा पाए नियुक्ति

२०८२ असार १३

बीमा प्राधिकरणको अध्यक्षमा ललिपप देखाइएका पुडासैनीले पाँच महिनापछि प्रतिष्ठानमा पाए नियुक्ति
बीमा प्राधिकरणको अध्यक्षमा ललिपप देखाइएका पुडासैनीले पाँच महिनापछि प्रतिष्ठानमा पाए नियुक्ति

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न नपाएका पूर्वसचिव रामशरण पुडासैनीलाई सरकारले पाँच महिनामा पछि अर्को निकायमा नियुक्ति दिएको छ।

Tata
GBIME

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबल रहँदा पनि प्राधिकरणको अध्यक्ष हुन नपाएका पुडासैनीलाई सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेको हो।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पुडासैनीलाई प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्राधिकरणको अध्यक्षका लागि सरकारको पहिलो रोजाइमा पुडासैनी भए पनि इन्फिनिटी समूहका दीपक भट्टको चाहनामा गत फागुन दोस्रो साता शरद ओझालाई नियुक्ति दिइएको थियो।

पुडासैनी हाल कृषि विकास बैंकको अध्यक्षका रुपमा कार्यरत छन्।