BIZMANDU
www.bizmandu.com

गोरखामा बढी बजेट किन? गण्डकीका मुख्यमन्त्री भन्छन् : पुराना आयोजनाको दायित्वले

२०८२ असार १३

गोरखामा बढी बजेट किन? गण्डकीका मुख्यमन्त्री भन्छन् : पुराना आयोजनाको दायित्वले
गोरखामा बढी बजेट किन? गण्डकीका मुख्यमन्त्री भन्छन् : पुराना आयोजनाको दायित्वले

काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ।

Tata
GBIME

यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो। यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ प्रस्तुत गरेका थिए।

आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राथमिकताका आधारमा बजेट बाँडफाँट गरिएको बताएका थिए। पुरानो दायित्व थपिँदा कास्की र गोरखामा बढी बजेट विनियोजन भएको उनको भनाइ थियो।

‘कास्की प्रदेशको राजधानी र पर्यटकीय राजधानीसमेत भएकाले बजेटको प्राथमिकतामा पर्नु स्वभाविक हो। गोरखामा पुराना आयोजनाको दायित्व सिर्जना हुँदा बजेट बढी विनियोजन भएको हो,’ मुख्यमन्त्री पाण्डेले भने।

पाण्डे गोरखा २ (ख) बाट निर्वाचित भएका हुन्।

त्यसक्रममा उनले भौतिक पूर्वाधारतर्फ ५० लाखभन्दा कमका योजनामा बजेटमा नराख्ने भनिए पनि पुरानो दायित्वकै कारण कतिपय योजनामा त्योभन्दा थोरै बजेटको विनियोजन गर्नुपर्ने बाध्यता रहेको समेत बताएका थिए।

स्रोत सुनिश्चित नगरी योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन्। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको छ।