BIZMANDU
www.bizmandu.com

कस्तो छ चिनियाँ राजदूतले नेपालका लागि चाहिन्छ भनेको पाँच सिटे विद्युतीय एयरक्राफ्ट?

२०८२ असार १३

कस्तो छ चिनियाँ राजदूतले नेपालका लागि चाहिन्छ भनेको पाँच सिटे विद्युतीय एयरक्राफ्ट?
(250618) -- SHANGHAI, June 18, 2025 (Xinhua) -- This file photo taken on June 16, 2023 shows an E20 electric vertical take-off-and-landing (eVTOL) aircraft of Shanghai TCab Technology Co., Ltd. in east China's Shanghai. TO GO WITH "Letter from China: Dream of 'air taxis' becoming a reality in China's city of magic" (TCab/Handout via Xinhua)

काठमाडौं । चिनियाँ राजदूत छन् सोङ सामाजिक संजाल एक्समा सक्रिय छन्। उनी एक्समा कूटनीतिक र राजनीतिक पोस्ट मात्र गर्दैनन् नेपालका लागि कस्तो पूर्वाधार र प्रविधि चाहिन्छ भनेर लेखिरहन्छन्।

Tata
GBIME

यसपटक राजदूत छन् सोङले नेपालका लागि चिनियाँ विद्युतीय एयरक्राफ्ट आवश्यक रहेको बताएका छन्। खासगरि कठिन भूगोलका कारण हवाई सेवा प्रभावित हुने नेपालमा यस्तो एयरक्राफ्ट उपयुक्त हुने उनको संकेत हो।

सोङले चिनियाँ कम्पनी टीक्याब टेकले बनाएको विमान नेपाललाई चाहिने मत राखेका हुन्।

उनले एयर ट्याक्सी समेत भनेर चिनिएको एयरक्राफ्टको भिडियो सेयर गर्दै एक्समा लेखेका छन् : नेपालका लागि चाहिने यही हो।

टी क्याब इ२० नाम दिइएको सो विमानले इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ गर्न सक्छ। ५ सिटे यो विमानको संचालन विद्युतबाटै हुन्छ।

२०० किलोमिटर प्रतिघण्टामा चल्ने यो विमान ३२० किलोमिटर प्रतिघण्टाको तीव्रतासम्म उड्न सक्छ।

कम्पनीका अनुसार यो विमानमा एक यात्रुले प्रतिकिलोमिटर ४ युआन तिर्नुपर्छ। अर्थात आजको विनिमय दर अनुसार एक किलोमिटरको करिब ८० रुपैयाँ पर्छ।

कम्पनीले यो प्रिमियम ट्याक्सीभन्दा सस्तो हुने त्यो भन्दा पाँच गुणा छिटो रहेको दाबी गरेको छ।

टी क्याब सन् २०२१ मा स्थापना भएको चिनियाँ कम्पनी हो। चिनियाँ भाषामा यसलाई ‘टाइम ट्याक्सी’ भनेर चिनिन्छ।