BIZMANDU
www.bizmandu.com

कांग्रेस सभापति देउवाले भने- अब रिटायर्ड हुन लागें, पार्टीलाई एक बनाउने इच्छा छ

२०८२ असार १३

कांग्रेस सभापति देउवाले भने- अब रिटायर्ड हुन लागें, पार्टीलाई एक बनाउने इच्छा छ
सभापति देउवा नारायणगढ (चितवन), १३ असारः नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा शुक्रबार नेपाली कांग्रेस, चितवनले आयोजना गरेको प्रजातन्त्र सेनानी स्व.गौरीदेवी प्रधानको सातौं दिनको पूण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य राख्नुहुँदैै । तस्बिरः सनद अधिकारी÷रासस

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउने आफ्नो इच्छा रहेको बताएका छन्।

Tata
GBIME

उनले शुक्रबार चितवनको भरतपुरमा कांग्रेस नेतृ गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा पार्टीकै कारण आफू प्रधानमन्त्री भएको भन्दै अब अवकाशकव मुखमा एकढिक्का बनाउने इच्छा रहेको बताए।

‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो, ‘देउवाले भने ‘यही पार्टीका कारण म प्रधानमन्त्री भएँ। पार्टी सभापति भएँ। अब रिटायर्ड हुन लाग्या छु। यो पार्टीलाई एक बनाउने इच्छा छ।’

देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउन सजिलो नरहेको बताए। ‘संविधान समानुपातिक समावेशी भएकोले कुनै पार्टीको बहुमत आउँदैन। हिजो माओवादीसँग मिल्यो। आज एमालेसँग मिल्नुपरेको छ,’ उनले भने।