BIZMANDU
www.bizmandu.com

सुरु भयो सेरेसको ‘मनसुन एक्सचेन्ज क्याम्प’, पुरानो गाडीसँग एक्सचेन्ज गर्न सकिने

२०८२ असार १३

सुरु भयो सेरेसको ‘मनसुन एक्सचेन्ज क्याम्प’, पुरानो गाडीसँग एक्सचेन्ज गर्न सकिने
सुरु भयो सेरेसको ‘मनसुन एक्सचेन्ज क्याम्प’, पुरानो गाडीसँग एक्सचेन्ज गर्न सकिने

काठमाडौं । सेरेस नेपालको ‘मनसुन एक्सचेन्ज क्याम्प’ सुरु भएको छ। यो क्याम्प असार १८ गतेसम्म संचालन हुने छ।

Tata
GBIME
Nepal Life

यो योजना अन्तर्गत ग्राहकहरुले आफ्ना पुराना गाडीलाई उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३ मा अपग्रेड गर्न पाउने कम्पनीले जनाएको छ।

सीमित समयका लागि घोषणा गरिएको यो कार्यक्रमका क्रममा सेरेसले ग्राहकहरु लाई उनीहरुसँग हाल रहेको सवारी साधनको लागि इन्डस्ट्रीकै बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितता गरेको जनाएको छ।

क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरु पनि समावेश छन्।

यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शोरुमहरुमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुने जनाइएको छ।।