BIZMANDU
www.bizmandu.com

राइटपाथको ‘युके एजुकेसन एक्स्पो २०२५’ सम्पन्न, ५०० बढी विद्यार्थीको सहभागिता

२०८२ असार १२

राइटपाथको ‘युके एजुकेसन एक्स्पो २०२५’ सम्पन्न, ५०० बढी विद्यार्थीको सहभागिता
राइटपाथको ‘युके एजुकेसन एक्स्पो २०२५’ सम्पन्न, ५०० बढी विद्यार्थीको सहभागिता

काठमाडौं। राइटपाथ करियर काउन्सेलिङको आयोजनामा ‘युके एजुकेशन एक्स्पो २०२५’ सम्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि राइटपाथ करियर काउन्सिलिङले आफ्नो केन्द्रीय कार्यालय पुतलीसडकमा सो एक्स्पो आयोजना गरेको थियो। एक्स्पोमा ५०० भन्दा बढी विद्यार्थीले बेलायतका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श लिएका थिए।

एक्स्पोमा युनिभर्सिटी अफ नर्थाम्पन, लिड्स बेकेट युनिभर्सिटी, लिड्स ट्रिनिटि युनिभर्सिटी, लगायत एक दर्जनभन्दा बढी बेलायती विश्वविद्यालय तथा ओआईईजी र नाभितास जस्ता शिक्षा साझेदार संस्थाका प्रतिनिधिहरु उपस्थित थिए।

सहभागी विद्यार्थीहरुले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्नुसँगै स्पट एसेसमेन्ट, छात्रवृत्तिका अवसर र पाठ्यक्रम छनोट जस्ता विषयमा विस्तृत जानकारी पाएका थिए।

आयोजक राइटपाथले एक्स्पो केवल परामर्शमा मात्र सीमित नभई नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अवसरहरूसँग जोड्ने एक महत्त्वपूर्ण कदम भएको जनाएको छ। राइटपाथले देशका विभिन्न शाखाबाट विद्यार्थीहरुलाई परामर्श सेवा दिइरहेको जनाएको छ।