काठमाडौं । भुक्तानी प्रणाली संचालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी कम्पनी एण्ट इन्टरनेशनलले नेपालको पर्यटन क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको छ।
पर्यटन क्षेत्रलाई थप प्रवर्धन गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरुको विशेष भूमिकालाई जोड दिँदै कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकसहित वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र पर्यटन व्यवसायी उपस्थित थिए।
एनसीएचएल र एण्ट इन्टरनेश्नलले गतवर्ष कार्तिक महिनमा नेपालपे क्यूआर र अलिपे+ बीच क्रस बोर्डर भुक्तानीको सुरुवात गरेको थियो। सो क्रस बोर्डर भुक्तानी अन्तर्गत १७ भन्दा बढी अन्तर्राष्ट्रिय डोमेस्टिक इ–वालेट तथा मोबाइल बैंकिङ एपमार्फत नेपालमा नेपालपे क्यूआरको नेटवर्कमा रहेका १२ लाखभन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सकिने अवस्था रहेको छ।
अलिपे+ नेटवर्कमा आबद्ध चीनको अलिपे, हङकङको अलिपेएसके, इटालीको तिनअबा, मकाओको एमपे लगायतका पार्टनर एपबाट नेपालपे क्यूआर स्कार गरेर क्रस बोर्डर भुक्तानी गर्न सकिन्छ।