BIZMANDU
www.bizmandu.com

सरकारले गर्‍यो तीन सचिवको सरुवा, शोभाकान्त पौडेल महालेखा नियन्त्रक कार्यालयमा

२०८२ असार ११

सरकारले गर्‍यो तीन सचिवको सरुवा, शोभाकान्त पौडेल महालेखा नियन्त्रक कार्यालयमा
सरकारले गर्‍यो तीन सचिवको सरुवा, शोभाकान्त पौडेल महालेखा नियन्त्रक कार्यालयमा

काठमाडौं। सरकारले तीन सचिवको सरुवा गरेको छ। गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत शोभाकान्त पौडेल महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएका छन्।

Tata
GBIME

वैशाख अन्तिममा सचिवमा बढुवा भएपछि उनलाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा खटाइएको थियो।

पौडेललाई महालेखा नियन्त्रक कार्यालयमा तानेर गण्डकीमा हालै सचिवमा बढुवा भएका डा खगेन्द्रप्रसाद सुवेदीलाई पठाइएको छ।

मन्त्रिपरिषद्को असार ९ गते बसेको बैठकले सचिवहरु भरतमणि सुवेदी र महादेव पन्थको कार्यालय साटफेर गरेको छ।

सुवेदीलाई निर्वाचन आयोगबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र पन्थलाई निर्वाचन आयोगमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार जानकारी दिए।