BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंक इन्टरनेशनलको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सकिने

२०८२ असार ११

सिटिजन्स बैंक इन्टरनेशनलको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सकिने
सिटिजन्स बैंक इन्टरनेशनलको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ।

Tata
GBIME

ग्राहकहरूलाई सरलिकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरि प्राप्त गर्न सकिने बैंकले जनाएको छ

यो योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा २ लाख रुपैयाँसम्म (कम्तीमा ५ हजार देखि) ऋण लिन सकिनेछ। सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ।

यो प्रक्रियाका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोगमार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन नयाँ-नयाँ डिजिटल सेवा ल्याउने गरेको पनि जनाएको छ।