BIZMANDU
www.bizmandu.com

नेप्सेले माथि जाने बाटो देखेन, ०.३३ अंकले घटेको बजारमा ५.९४ अर्बको सेयर किनबेच

२०८२ असार ११

नेप्सेले माथि जाने बाटो देखेन, ०.३३ अंकले घटेको बजारमा ५.९४ अर्बको सेयर किनबेच
नेप्सेले माथि जाने बाटो देखेन, ०.३३ अंकले घटेको बजारमा ५.९४ अर्बको सेयर किनबेच

काठमाडौं। सेयर बजारमा बुधबार ५ अर्ब ९४ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेप्से परिसूचक उकालो लाग्न नसकेपछि किनबेच पनि घट्न थालेको हो।

Tata
GBIME

नेप्से बुधबार ०.३३ अंकले घटेको छ। बजार खुलेको २० मिनेटमा केही बढेर २६०७ अंकमा पुगेको नेप्से अन्तिममा २६०० विन्दु कायम भएको छ। नेप्से मंगलबार पनि ०.२२ अंकले घटैको थियो।

बजारमा बुधबार १३४ कम्पनीको सेयर मूल्य घटेको छ। मूल्य धेरै घट्नेमा जोही हाइड्रोपावर कम्पनी छ। यसको सेयर मूल्यमा ९.५१ प्रतिशतको गिरावट आएको छ। ११२ कम्पनीको सेयर मूल्य भने बढेको छ। मोदी इनर्जीको सेयरमा पोजेटिभ सर्किट लागेको छ।