BIZMANDU
www.bizmandu.com

कामु गभर्नरको जिम्मेवारी बमबहादुर मिश्रलाई, गभर्नर स्विटजरल्याण्ड, डेपुटी बंगलादेश

२०८२ असार ११

कामु गभर्नरको जिम्मेवारी बमबहादुर मिश्रलाई, गभर्नर स्विटजरल्याण्ड, डेपुटी बंगलादेश
कामु गभर्नरको जिम्मेवारी बमबहादुर मिश्रलाई, गभर्नर स्विटजरल्याण्ड, डेपुटी बंगलादेश

काठमाडौं। अर्थमन्त्रालयले कामु गभर्नरको जिम्मेवारी बमबहादुर मिश्रलाई दिएको छ।

Tata
GBIME

गभर्नर डा. विश्वनाथ पौडेल र डेपुटी गभर्नर डा. निलम ढुङ्गना तिमिल्सिना विदेश भ्रमणमा निस्किएपछि मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिइएको हो।

गभर्नरमा नियुक्त भएपछि पौडेल पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन्। स्विटजरल्यान्डमा हुने एक कार्यक्रममा सहभागी हुन उनी मंगलबार देशबाहिर गएका हुन्।

अमेरिकाको लामो बसाइपछि नेपाल फर्किएकी तिमिल्सिना पुन: विदेश यात्रामा निस्किएकी छन्। उनी वंगलादेश गएकी छिन्।

गभर्नर पौडेले १९ गते नेपाल फर्किने कार्यक्रम छ। त्यतिन्जेल मिश्रले कामु गभर्नरका रुपमा काम गर्ने छन्।