BIZMANDU
www.bizmandu.com

ललितपुरको टीकाथली आसपास क्षेत्रमा गएराति भीषण वर्षा, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

२०८२ असार ११

ललितपुरको टीकाथली आसपास क्षेत्रमा गएराति भीषण वर्षा, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
ललितपुरको टीकाथली आसपास क्षेत्रमा गएराति भीषण वर्षा, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौं। ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ।

Tata
GBIME

विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। ललितपुर भई बहने गोदावरी खोला लगायत सो क्षेत्रका स-साना खोलाहरूमा बहाव बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागले बिहानसम्मै सतर्कता अपनाउन त्यस क्षेत्रमा बसोबास गर्नेहरूको मोबाइलमा मेसेजसमेत गरेको थियो।