BIZMANDU
www.bizmandu.com

कोशी प्रदेशमा कर्जा लगानी १०.२ प्रतिशतले खुम्चियो, औद्योगिक क्षेत्रतर्फ भने वृद्धि

२०८२ असार १०

कोशी प्रदेशमा कर्जा लगानी १०.२ प्रतिशतले खुम्चियो, औद्योगिक क्षेत्रतर्फ भने वृद्धि
कोशी प्रदेशमा कर्जा लगानी १०.२ प्रतिशतले खुम्चियो, औद्योगिक क्षेत्रतर्फ भने वृद्धि

काठमाडौं। कोशी प्रदेशमा कर्जा लगानी घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कोशीमा कर्जा लगानी १०.२ प्रतिशतले घटेर ५ खर्ब ८६ अर्ब करोड रुपैयाँ झरेको छ।

Tata
GBIME

कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार निक्षेप परिचालन ३.६ प्रतिशतले वृद्धि भई ४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाबाट कोशीमा औद्योगिक क्षेत्रतर्फ २५.२ प्रतिशत, कृषि क्षेत्रमा ९.५ प्रतिशत र सेवा क्षेत्रमा ६५.१ प्रतिशत कर्जा प्रवाह भएको छ।

गत वर्ष यसै अवधिमा औद्योगिक क्षेत्रतर्फ २४.१, कृषि क्षेत्रमा १०.४ र सेवा क्षेत्रमा ६५.५ प्रतिशत कर्जा लगानी भएको थियो।

समग्रमा घटे पनि औद्योगिक क्षेत्रमा कर्जा लगानी ६ महिनामा ५.६ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। उद्योगहरुको औसत क्षमता उपयोग बढेको छ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार उद्योगहरुको औसत क्षमता उपयोग गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४१.७ प्रतिशत रहेकामा यसवालि सोही अवधिमा ४८.६ प्रतिशत पुगेको हो। भटमास तेलको उत्पादन सबैभन्दा धेरै ६४१.१ प्रतिशतले बढेको छ।