BIZMANDU
www.bizmandu.com

सरकारले देशभरबाट १४ जनालाई दियो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार, पुरस्कृत हुने को-को?

२०८२ असार १०

सरकारले देशभरबाट १४ जनालाई दियो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार, पुरस्कृत हुने को-को?
सरकारले देशभरबाट १४ जनालाई दियो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार, पुरस्कृत हुने को-को?

काठमाडौं। सरकारले देशभरका १४ कृषकलाई पुरस्कृत गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय देशभरबाट छानेर १४ जनालाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार दिएको हो।

Tata
GBIME

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोह गरी हरेक प्रदेशबाट दुई जनाका दरले १४ जनालाई पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे।

पुरस्कृत हुने कृषकमा कोशी प्रदेशबाट सुरेश कुमार मेहता र रमेश साह, मधेसबाट भरत कुमार यादव र हिराबहादुर थापा मगर बागमतीबाट चेतप्रसाद ढकाल र दयाराम मचामसी, गण्डकीबाट छिरिङ ढोका गुरुङ र बाटुली तिवारी, लुम्बिनीबाट जयपाल मौर्य र सुवास कुर्मी, कर्णालीबाट गोविन्द ओली र भरतनाथ योगी तथा सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी र लोकबहादुर थापा छ्न्।

पुरस्कारस्वरुप उनीहरुलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ। उत्कृष्ट कृषक सातै प्रदेशका कृषि मन्त्रालयले छनोट गरेका हुन्।

राष्ट्रपति पौडेलले कृषि व्यवसायमा सरकारले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।