काठमाडौं। साताको तेस्रो कारोबार दिन नेप्से सूचक झिनो अंकले गिरावट आएको छ। नेप्से ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा झरेको हो। योसँगै कारोबार रकम समेत खुम्चिएको छ।
कारोबारमा आएका ८ समूहको सूचक घट्दा ५ बढेका छन्। होटल समूहको सूचक सर्वाधिक ०.९८ प्रतिशतले घटेको छ। विकास बैंक, फाइनान्स, होटल, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूहका सूचक घटेका छन्।
त्यसैगरी, बैंकिङ, म्युचल फण्ड, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट र म्यानिफ्याक्चरिङ सहूको सूचक भने बढेका छन्।
१४२ कम्पनीको सेयरमूल्य घट्दा १०७ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
ओम मेगाश्री फर्मास्यूटिकल्स कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ८.०१ प्रतिशत र हिमालयन पावर पाटर्नर कम्पनीको सेयरमूल्य ७.८७ प्रतिशतले बढेको छ।
एनआइसी एसिया बैंकको डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ५.१७ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ४.३२ प्रतिशतले घटेको छ।
अघिल्लो कारोबार दिन ६ अर्ब ३२ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ७५ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बुटवल पावर कम्पनीको सर्वाधिक २७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, राधी विद्तको कम्पनीको २३ करोड ९६ लाख र हिमालयन पावरको २३ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।