BIZMANDU
www.bizmandu.com

राति एयरस्पेस बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ५०० यात्रु अलपत्र (तस्विरहरु)

२०८२ असार १०

राति एयरस्पेस बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ५०० यात्रु अलपत्र (तस्विरहरु)
राति एयरस्पेस बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ५०० यात्रु अलपत्र (तस्विरहरु)

काठमाडौं । इरानले कतारको दोहास्थित अमेरिकी सैन्य बेसमा हवाई आक्रमण गरेपछि सोमबार खाडी क्षेत्रका केही राष्ट्रहरुले आफ्नो आकाश बन्द गरे।

Tata
GBIME

कतार, युएई, बहराईन लगायतका देशले आफ्नो एयरस्पेस बन्द गरेका थिए। कतारले पूर्व जानकारी पाएपछि पहिला नै एयरस्पेस बन्द गरेको थियो।

एयरस्पेस बन्द हुँदा त्यसको प्रभाव धेरै उडानहरुमा पर्‍यो। इरानको आक्रमणका कारण कतार र युएईले एयरस्पेस बन्द गरेपछि सोमबार उडान भएका यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र भए। राति उनीहरुको बास विमानस्थल बाहिर नै भयो।

सोमबार रातिका उडानहरु रद्ध हुँदा करिब ५०० यात्रुहरु विमानस्थलमै फसकेका थिए।

हाल एयरस्पेस खुलिसकेको छ।