काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सर्तक रहन भनेको छ।
इरानले कतारको दोहा नजिक रहेको अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि दूतावसले सूचना जारी गर्दै नेपालीहरुलाई यथास्थानमा रहन आग्रह गरेको हो।
दूतावसले कतार सरकारको आधिकारिक सूचना पालना गर्न पनि आग्रह गरेको छ।