इरानले कतार र इराकमा रहेको अमेरिकी एयरबेसमा आक्रमण गरेको छ। अमेरिकाले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि आज इरानको रिभोलुसनरी गार्डले अमेरिका लक्षित आक्रमण सुरु गरेको हो।
पश्चिमा देशहरुले मध्यपूर्व भन्ने खाडी क्षेत्रमा अमेरिकाको ठूलो फौज यिनै बेस क्याममा रहेका छन्।
इरानी सरकारी संचारमाध्यमले आक्रमणको पुष्टि गरेको टेलिग्राफ युकेले उल्लेख गरेको छ। इरानले कतारमा रहेको बेस क्याम्प लक्षित ६ वटा मिसाइल प्रहार गरेको बुझिएको छ।
अहिले दोहाबाट विस्फोट भएको आवाज सुनेको खबरहरु सार्वजनिक भएका छन्। आकाशमा पनि मिसाइल विस्फोट भएको दृश्यहरू सार्वजनिक भइरहेका छन्।
टेलिग्राफले भने दोहाभन्दा केही पर रहेको अल उधे बेस मा इरानले हवाई आक्रमण गरेको जनाएको छ। अल उधे एयरबेस अमेरिका सेना तैनाथ रहेको प्रमुख देशमध्येमा पर्छ।
कतारमा मात्र लाखौं नेपाली रोजगारीको सिलसिलामा पुगेका छन्। कतारका विभिन्न क्षेत्रमा ४ लाख बढी नेपाली रहेको अनुमान छ। युद्धले थप उग्ररुप लिए उनीहरुसमेत प्रभावित हुने देखिएको छ।
यसअघि अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रहन पनि भनेको थियो। एडभाइजरी जारी गर्दै यदि देशले आफ्ना नागरिकहरूलाई उपयुक्त स्थानमा सेल्टर लिन भनेको थियो। कतारले पनि इरानले हवाई आक्रमण गर्न सक्ने सूचना पाएर आफ्नो एयरस्पेस बन्द गरेको छ।
इरानले कतारलाई पहिला नै सूचना दिएर आक्रमण गरेको खुलेको छ। एयसबेसमा आक्रमण गर्ने भनेर इरानले कतारलाई पूर्व जानकारी दिएको हो। इरानले आफ्नो आक्रमण छिमेकी र भाईजस्तै देश कतार र त्यहाँका जनताप्रति लक्षित नभएको जनाएको छ। इरानले आफ्नो आक्रमण एयरबेस केन्द्रित रहेको र कतारको मानवीय बस्ती नरहेको जनाएको छ। कतारले भने इरानी आक्रमणको निन्दा गरेको छ।
इरानले कतार र इराकमा रहेको वेसक्याम्पमा आक्रमण गरेपछि संयुक्त अरब इमिरेट्सले पनि आफ्नो आकास बन्द गरेको छ। युएई तर्फ गइरहेको विमानहरु अन्यत्र डाइभर्ट गरिँदैछ।
इरानले वशरहथ फथ ‘विजयको वाचा’ अपरेसन नाम दिएर यो आक्रमण गरेको हो। इरानले एयर बेसकम शक्तिशाली मिसाइल आक्रमण गरेको दाबी गरेको छ।
इरानले खाडी क्षेत्रकै देशमा रहेका अमेरिकी एयरबेसमा आक्रमण गरेपछि सो क्षेत्र नयाँ युद्धको सन्त्रासमा पुगेको छ। खाडी क्षेत्रमा मात्रै ३० लाख बढी नेपाली विभिन्न देशमा कार्यरत रहेका छन्।