BIZMANDU
www.bizmandu.com

रोपाइँका लागि रासायनिक मलको अभाव नहुने कृषिमन्त्रीको दाबी, ‘६४ हजार मेट्रिक टन मौज्दात’

२०८२ असार ९

रोपाइँका लागि रासायनिक मलको अभाव नहुने कृषिमन्त्रीको दाबी, ‘६४ हजार मेट्रिक टन मौज्दात’
रोपाइँका लागि रासायनिक मलको अभाव नहुने कृषिमन्त्रीको दाबी, ‘६४ हजार मेट्रिक टन मौज्दात’

काठमाडौं। कृषि विकासमन्त्री रामनाथ अधिकारीले रोपाइँका लागि रासायनिक मलको अभाव नहुने दाबी गरेका छन्।

Tata
GBIME

उनले कृषि मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिने क्रममा ६४ हजार मेट्रिक टन मौज्दात रहेको र १ लाख १२ हजार मेट्रिक टन आयात हुने क्रममा रहेकाले रोपाइँका लागि अभाव नहुने बताएका हुन्।

‘धान रोपाइँका लागि ६० हजार मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डीएपी आवश्यक पर्नेमा मौज्दातमा रहेको र आयात हुने क्रममा रहेको मलबाट माग पूरा हुने देखिन्छ,’ उनले भने। उनका अनुसार १ लाख १२ हजार मेट्रिक टन मल असार मसान्तसम्म आयात भइसक्छ।

रासायनिक मलका लागि चालु वर्ष २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। यो रकमबाट अहिलेसम्म ३ लाख ४५ हजार मेट्रिक टन आयात गरिएको छ। कृषिमन्त्री अधिकारीका गत वर्षको मौज्दात समेत गरी चालु वर्ष ३ लाख ९१ हजार मेट्रिक टन मल बिक्री वितरण गरिएको छ।

सरकारले रासायनिक मल आयात गर्न आगामी आर्थिक वर्षका लागि २८ अर्ब ८२ करोड रुपैयाँबजेट छुट्याएको छ। यो रकमबाट ६ लाख मेट्रिक टन मल आयात गर्ने योजना रहेको र ३ लाख मेट्रिक टन पहिलो त्रैमासिकमा आपूर्ति गर्ने गरी टेण्डर आह्वान गरिएको जानकारी मन्त्री अधिकारीले दिए।