BIZMANDU
www.bizmandu.com

चार दिन गिरावटपछि ४.७८ अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा हाइड्रोपावर कम्पनी

२०८२ असार ९

चार दिन गिरावटपछि ४.७८ अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा हाइड्रोपावर कम्पनी
चार दिन गिरावटपछि ४.७८ अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा हाइड्रोपावर कम्पनी

काठमाडौं। चार दिनमा ६२ अंकको गिरावटपछि सेयर बजारमा सामान्य सुधार देखिएको छ। सेयर बजार परिसूचक सोमबार ४.७८ अंकले बढेको छ। नेप्से २६००.७६ विन्दु कायम भएको छ।

Tata
GBIME

बैंक, जलविद्युत लगायत विभिन्न ७ वटा उपसमूहले नेप्से हरियो बनाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.२० प्रतिशतले उकालो लागेको छ।

बजारमा ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा हाइड्रोपावर छन्।

धेरै कारोबार हुने शीर्ष १२ कम्पनीको सूचीमा जलविद्युत कम्पनी छन्। राधी विद्युत कम्पनीको ५२ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।