काठमाडौं। सुनको मूल्य सोमबार स्थिर छ। साताको पहिलो दिन सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। दोस्रो दिन उक्त मूल्यमा घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साताको प्रारम्भमा प्रति तोला १ लाख ९७ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको भाउ मंगलबार, बिहीबार र शुक्रबार घटेर कारोबार मूल्य कायम भएको थियो। शुक्रबार सुन प्रति तोला १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो।
चाँदी प्रति तोला २ हजार १ सय ७० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको हो। यसअघि गत शुक्रबारका तुलनामा १० रुपैयाँ बढ्दा आइतबार कारोबार मूल्य प्रति तोला २ हजार १ सय ६० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३३६०.१४ डलरले कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस ३६.०९ डलर छ। आइतबार सुन प्रति औंस ३३६८.०९ डलर र चाँदी प्रतिऔंस ३६.०१ डलर थियो।