BIZMANDU
www.bizmandu.com

कास्कीको कोरिमा छायांकन भएको ‘बतास जस्तै’ सार्वजनिक

२०८२ असार ९

कास्कीको कोरिमा छायांकन भएको ‘बतास जस्तै’ सार्वजनिक
कास्कीको कोरिमा छायांकन भएको ‘बतास जस्तै’ सार्वजनिक

काठमाडौं । कास्कीको पर्यटकीय क्षेत्र कोरिमा म्यूजिक भिडियो छायांकन गरिएको छ। मिसन सिबिरिगोले कोरिमा छायांकन गरेको नयाँ म्युजिकल फिल्म ‘बतास जस्तै’ सार्वजनिक गरेका हुन्।

Tata
GBIME

सिक्लेस गाउँ र कोरिका रमणीय दृश्यहरु भिडियोमा समेटिएको छ। अहिलेको पुस्ताले आफ्ना घर, परिवार र माटो छोडेर विदेश जानु परेको परिवेशलाई म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ।

सिबिरिगोले नेपालको दूरदराजमा लुकेका कथाहरुसँगै संस्कृति र सौन्दर्यलाई क्यामेरामा कैद गर्दै दर्शकमाझ पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

भिडियोमा कलाकार जुना गुरूङ, बाल कलाकार नियती गुरुङको अभिनय रहेको छ। संवाद, अभिनय तथा अवधारणा स्वयं मिसन सिबिरिगोको रहेको छ। गीतमा गायिका सुनीता थेगिमको स्वर, मविन्द्र राईका शब्द तथा संगीत र अनिल के मानन्धरको निर्देशन रहेको छ।