काठमाडौं। नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रत्याभूति गर्ने भएको छ। कोष र बैंकबीच सो सम्बन्धमा सम्झौता भएको हो।
सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ। सम्झौता भएको मितिबाट ३ महिनासम्म अवधि कायम रहने छ।