BIZMANDU
www.bizmandu.com

संसद्‍को क्यान्टिनको सिलिङ भाचिँदा भुँईमा बजारिएर एक जना कामदार घाइते

२०८२ असार ८

संसद्‍को क्यान्टिनको सिलिङ भाचिँदा भुँईमा बजारिएर एक जना कामदार घाइते
संसद्‍को क्यान्टिनको सिलिङ भाचिँदा भुँईमा बजारिएर एक जना कामदार घाइते

काठमाडौं। संसद्को क्यान्टिनको सिलिङबाट खस्दा एक जना घाइते भएका छन्। सिलिङमा काम गरिरहेका एक कामदार सिलिङ भाँचिएर प्वाल परेपछि भुँईमा बजारिएका थिए।

Tata
GBIME

उनलाई अहिले सांसद् तेजुलाल चौधरीको गाडिमा राखेर सिभिल अस्पताल पुर्‍याइएको छ। उनको अवस्थाबारे पूरा विवरण आएको छैन।