BIZMANDU
www.bizmandu.com

सत्ताको गोटी नबन्न सभामुख घिमिरेलाई राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको सुझाव

२०८२ असार ८

सत्ताको गोटी नबन्न सभामुख घिमिरेलाई राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको सुझाव
काठमाडौँ, ८ असार : प्रतिनिधिसभा बैठकमा सांसद केसी प्रतिनिधिसभा बैठकमा सांसद चित्रबहादुर केसी विनियोजन विधेयक २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सभामुख देवराज घिमिरेलाई सत्ताको गोटी नबन्नस् सुझाव दिएका छन्।

Tata
GBIME

उनले आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा सभामुखको काम सत्तामा बस्नेले जे भन्यो त्यही मानेर हिंड्ने नभएको बताए।

‘सभामुखलाई पनि म के सुझाव दिन चाहन्छु भने हाम्रो आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्छ। सत्तामा बस्नेले जे भन्छन् त्यसैको गोटी भएर हिंड्ने हो भने हाम्रो इज्जत दिन प्रतिदिन क्षय हुन्छ। सभामुखले हैसियत कायम गर्नुपर्छ,’ उनले भने।

केही समययता प्रतिनिधि सभाको बैठक सञ्चालनलाई लिएर सभामुख घिमिरेको भूमिकाको आलोचना हुँदै आएको छ। विपक्षी दलका सांसदहरुले उनीमाथि संसद् बैठकमै एमालेको निर्देशनमा चलेको आरोप लगाउँदै आएका छन्।