BIZMANDU
www.bizmandu.com

प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथि छलफल, खर्च कटौतीको प्रस्तावसमेत पेस हुने

२०८२ असार ८

प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथि छलफल, खर्च कटौतीको प्रस्तावसमेत पेस हुने
प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथि छलफल, खर्च कटौतीको प्रस्तावसमेत पेस हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

Tata
GBIME

आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ। यस्तै, रास्वपा र राप्रपाको अवरोध पनि कायम नै रहनेछ।

संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ।

यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।