BIZMANDU
www.bizmandu.com

अमेरिकाले इरानको ३ वटा आणविक केन्द्रमा गर्‍यो आक्रमण, ट्रम्पले भने : अब शान्तिको समय

२०८२ असार ८

अमेरिकाले इरानको ३ वटा आणविक केन्द्रमा गर्‍यो आक्रमण, ट्रम्पले भने : अब शान्तिको समय
President Donald Trump talks to reporters as he walks on the South Lawn of the White House, in Washington, Sunday, March 30, 2025. (AP Photo/Jose Luis Magana)

काठमाडौं । इजरायलसँग युद्धमा होमिएको इरानमाथि अमेरिकाले पनि आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ३ वटा आणविक केन्द्रमा आक्रमण गरिएको बताएका हुन्।

Tata
GBIME

केहीदिन अघि इजरायल इरान युद्धमा अमेरिका संलग्न हुने नहुने भन्नेबारेमा दुई हप्तामा निर्णय गर्ने बताएका ट्रम्पले आणविक केन्द्रमा आक्रमण गरेको पुष्टि गरेका हुन्।

उनले आणविक केन्द्रमा हवाई आक्रमण पश्चात सबै अमेरिकी विमान सुरक्षित रुपमा फर्किएको समेत बताएका छन्। यो कार्य विश्वको अरु कुनै सेनाले गर्न नसक्ने उनको दाबी छ।

आणविक केन्द्रमा आक्रमणपछि भने ट्रम्पले अब शान्तिको समय बताएका छन्।

इरानी आणविक केन्द्रमा अमेरिकी आक्रमणसँगै अब खाडी क्षेत्रमा नयाँ चरणको युद्ध सुरु भएको छ। सो क्षेत्रको विभिन्न स्थानमा रहेका ४० हजार बढी अमेरिकी सैनिक अहिले ‘अलर्ट’को अवस्थामा छन्। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सेना रहेको ठेगानामा आक्रमण गर्ने सम्भावना बढेको बताइन्छ।