गुल्मी। शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण आज पनि बन्द नै छ। कालीगण्डकी गाउँपालिका-१ अन्तर्गत हर्मीचौर-अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।
पहिरो नरोकिएकाले सडक संचालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए।
‘सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरूलाई वैैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौ,’ प्रहरी नायव उपरीक्षक सारुले भने।
उनले तत्कालै उक्त सडक संचालन हुन सक्ने अवस्था नरहेको बताए।
पहिरोले अवरुद्ध रिडी-बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र संचालनमा आएको छ। उक्त सडकखण्ड अन्तर्गत चन्द्रकोट गाउँपालिका-७ स्थित सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा संचालन गएिको प्रहरीले जनाएको छ। रासस