BIZMANDU
www.bizmandu.com

टेक एण्ड पेविरुद्ध इप्पानले थाल्यो आन्दोलन, ऊर्जा उद्यमीसँग छलफल गर्न प्रधानमन्त्री ओली तयार

२०८२ असार ६

टेक एण्ड पेविरुद्ध इप्पानले थाल्यो आन्दोलन, ऊर्जा उद्यमीसँग छलफल गर्न प्रधानमन्त्री ओली तयार
टेक एण्ड पेविरुद्ध इप्पानले थाल्यो आन्दोलन, ऊर्जा उद्यमीसँग छलफल गर्न प्रधानमन्त्री ओली तयार


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आफ्नो आन्दोलन अन्तर्गत पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

Vigo
GBIME
Tata

इप्पानले कार्यबाहक अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा शुक्रबार सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा इप्पानले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) टेक एण्ड पेका आधारमा गर्ने बजेटको व्यवस्था हटाउन माग गरेको छ।

डाँगीले ओलीसामु बजेटको व्यवस्थाले १७ हजार ११७ मेगावाट क्षमताका ३५० भन्दा बढी आयोजनाको निर्माण कार्य रोकिने र यी आयोजनाको अध्ययनमा भएको ६६ अर्ब २२ करोड रुपैयाँ डुब्ने भएकाले आन्दोलनमा उत्रिएको बताए।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले टेक एण्ड पेको विषयमा ऊर्जा उद्यमीसँग बसेर विस्तृतरुपमा छलफल गर्ने बताएको इप्पानले जनाएको छ। छलफलमा लागि सोमबारभित्र समय मिलाउन ओलीले आफ्नो सचिवालयलाई निर्देशन दिएका छन्।

बजेटको व्यवस्था सच्याउन इप्पानले यसअघि गरेको आग्रहलाई अर्थमन्त्री विष्णु पौडेलले ठाडै अस्वीकार गरेका थिए।