काठमाडौं। स्मार्टफोनको आयात उकालो लागेको छ। चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा २८ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको १७ लाख ८५ हजार ६५४ थान स्मार्टफोन आयात गरिएको थियो।
जेठ मसान्तसम्ममा ३२ अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ।
भन्सार विभागले जारी गरेको तथ्याङ्कमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३२ अर्ब ८ करोड ७८ लाख १ हजार रुपैयाँको १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएको छ। यसबाट करिब ५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ राजस्व उठेको छ।
गत वर्षको ११ महिनामा २६ अर्ब ३३ करोड १० लाख ६५ हजार रुपैयाँको १७ लाख १० हजार १३५ थान स्मार्टफोन आयात भएको थियो। यसबाट करिब ४ अर्ब ९० करोड ३८ लाख रुपैयाँ राजस्व उठेको थियो।