BIZMANDU
www.bizmandu.com

उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेल्ने टोलीको घोषणा, टिममा को-को?

२०८२ असार ६

उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेल्ने टोलीको घोषणा, टिममा को-को?
उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेल्ने टोलीको घोषणा, टिममा को-को?

काठमाडौं। एएफसी महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ। प्रशिक्षक प्याट्रिक डी वाइल्डले उज्बेकिस्तानमा हुने छनोट खेल्न २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

Tata
GBIME

एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ। यो समूहका खेलहरू उज्बेकिस्तानमा हुँदैछ। यो समूहमा नेपालसहित उज्बेकिस्तान, श्रीलंका र लाओस भिड्नेछन्।

फिफा वरीयतामा यो समूहमा उज्बेकिस्तान सबैभन्दा माथि अर्थात ५१ औँ स्थानमा छ। दोस्रोमा नेपाल १०० औँ स्थानमा छ भने १०७ औँमा लाओस र १५९ औँ स्थानमा श्रीलंका छ।

छनोटको तयारीका लागि नेपालले थाइल्याण्डमा एउटा अफिसियल र अर्को अनअफिसियल खेल खेलेको थियो। महिला टोलीका प्रो लाइसेन्स धारी स्पेनिस प्रशिक्षक प्याट्रिक नेपालमा रहेका हालका प्रशिक्षकहरूमध्ये सबैभन्दा हाइप्रोफाइल हुन्। उनको नेतृत्वमा नेपाल एसिया कप छनोट हुने लक्ष्यमा छ।

ग्राफिक्स: एएफसी

प्रतिक्षा चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा परेकी छिन्। एसिया कपको छनोटको होडमा ३४ राष्ट्रहरू छन्। जसलाई ४ टिमको ६ वटा र ५ टिमको दुईवटा गरी ८ वटा समूहमा बाँडिएको छ।

क्वालिफायरका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुनेछन्। हरेक टोलीका समूह विजेता एसिया कपमा पुग्नेछन्। आयोजक अस्ट्रेलियासहित चीन, जापान र दक्षिण कोरियाले एसिया कप खेल्ने पक्का भइसकेको छ।

नेपाली टोली

गोलकिपर : एन्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अञ्जना राना मगर

डिफेन्डर : गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विके, पूजा राना, अमृता जैशी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सबिता रानामगर, सरस्वती हमाल

फर्वार्ड्स : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा राई, अनिता केसी