BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा अवरोध नगर्न सभामुखको आग्रह, रास्वपाले गर्‍यो अस्वीकार

२०८२ असार ६

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा अवरोध नगर्न सभामुखको आग्रह, रास्वपाले गर्‍यो अस्वीकार
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा अवरोध नगर्न सभामुखको आग्रह, रास्वपाले गर्‍यो अस्वीकार

काठमाडौं। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आग्रह गरेका छन्।

Tata
GBIME

उनले शुक्रबार बिहान रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन्।

सभामुखले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ। सभामुख घिमिरेले रास्वपाको वेल घेराउकै बीच बैठक सञ्चालन गर्दै आएका छन्।

रास्वपाका प्रमुख सचेतक परियारले सभामुखको आग्रहलाई अस्वीकार गरेका छन्। उनले आफ्नो पार्टीले उठाएको मागलाई सत्ता पक्षले बेवास्ता गरेको अवस्थामा विरोध जारी रहने जवाफ दिए।

रास्वपाको अवरोधले अवरोध गर्ने भएपछि प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको सभामुखको सचिवालयले जनाएको छ। बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।