BIZMANDU
www.bizmandu.com

ग्वार्को ओभरपास आजदेखि संचालनमा आउँदै, ग्वार्को चोकको जाम हट्ने विश्वास

२०८२ असार ६

ग्वार्को ओभरपास आजदेखि संचालनमा आउँदै, ग्वार्को चोकको जाम हट्ने विश्वास
ग्वार्को ओभरपास आजदेखि संचालनमा आउँदै, ग्वार्को चोकको जाम हट्ने विश्वास

काठमाडौं। लामो समयदेखि निर्माणाधीन ग्वार्को ओभरपास आजदेखि संचालनमा आउने भएको छ। शुक्रबार बेलुका ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ओभरपासको उद्घाटन गर्ने तयारी छ।

Tata
GBIME

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ।

यो ओभरपास संचालनमा आएपछि ग्वार्को चोकमा हुने गरेको ट्राफिक जाम हट्ने विश्वास सरकारले लिएको छ। सरकारले काठमाडौं उपत्यकाका यस्ता मुख्य चोकहरुमा ओभरपास निर्माण गर्ने योजना अनुरुप यो पहिलो ओभरपास संचालनमा आउन लागेको हो।

यसले कोटेश्वरबाट र सातदोबाटोबाट आउने जाने २/२ लेनमा सवारीसाधन ट्राफिक जाममा बसिराख्नु पर्दैन। जसले गर्दा क्रस गर्ने अन्य सवारीसाधन पुल मुनिबाट आउजाउ गर्न सक्छन्।

२ वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष-समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनी र सरकार पक्षका कारण पटक-पटक म्याद थप गरेर निर्माण सम्पन्न गर्न समय लागेको थियो।

म्याद थप गर्दा पनि निर्माण कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि करिब १ करोड ४७ लाख हर्जाना तिराइएको छ।