काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिहीबार आइपीओ जारी गर्न अनुमति दिएको हो।
लघुवित्तले अंकित मूल्य १०० रुपैयाँमा २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ।
लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ। स्वस्तिक लघुवित्तको कार्यालय मधेश प्रदेशको सिराहमा छ।