BIZMANDU
www.bizmandu.com

भौतिक पूर्वाधार मन्त्रालयको बजेटले सांसद थापा आक्रोशित, सदनमै च्याते बजेट पुस्तिका

२०८२ असार ५

भौतिक पूर्वाधार मन्त्रालयको बजेटले सांसद थापा आक्रोशित, सदनमै च्याते बजेट पुस्तिका
भौतिक पूर्वाधार मन्त्रालयको बजेटले सांसद थापा आक्रोशित, सदनमै च्याते बजेट पुस्तिका

काठमाडौं। प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका छन्।

Tata
GBIME

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत छुट्याइएको बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद थापाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बजेट पुस्तिका च्यातेका हुन्।

उनले दैलेख हुँदै जुम्ला जानका लागि आफूले प्रस्ताव गरेको सडकका लागि बजेट विनियोजन नगरिएकाले बजेट पुस्तिका च्यातेको बताए।

‘जुम्ला जान दैलेख हुँदै ७९ किलोमिटर फरक पर्छ भन्दा पनि सरकारले सुनेन। दैलेखलाई सम्बोधन गर्न सकेन। नेतामुखी र मन्त्रीमुखी भएकाले तथा जनताप्रति उत्तरदायी नभएकाले यो किताब मन नपरेर सदनभित्रै अनुमति लिएर च्यातेको छु,’ उनले भने।