BIZMANDU
www.bizmandu.com

विदेशी लगानीमा राष्ट्र बैंक लचिलो, एनआरएनलाई खाता खोलेर सेयर कारोबार गर्न सहजीकरण

२०८२ असार ५

विदेशी लगानीमा राष्ट्र बैंक लचिलो, एनआरएनलाई खाता खोलेर सेयर कारोबार गर्न सहजीकरण
Interview with Governor of Nepal Rastra Bank_ Mahaprasad Adhikari

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी लगानीका लागि थप लचकता अपनाएको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गरी थप खुकुलो व्यवस्था गरेको हो।

Tata
GBIME

विनियमावलीमा गरिएको संशोधन अनुसार गैरआवासीय नेपाली (एनआरएन)ले अब नेपाली बैंकमा नेपाली रुपैयाँमा खाता खोल्न पाउनेछन्। उनीहरुलाई सेयर कारोबारमा सहजीकरण गर्नका लागि यो संशोधन गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले बताए।

उनका अनुसार संशोधनमार्फत विदेशी लगानीकर्ताहरुलाई सुविधा थपिएको छ। त्यसमा पनि गैरआवासीय नेपालीलाई बढ्ता प्राथमिकता दिइएको छ।

‘विनियमावलीमा संशोधन गरेर सक्दो खुकुलो व्यवस्था गरेका छौं। हामीले एनआरएनलाई नेपाली रुपैयाँमा खाता खोलेर सेयर कारोबारमा सहजीकरण गरेको छौं,’ कार्यकारी निर्देशक नेपालले भने, ‘विदेशी लगानीको लेखाङ्कनमा पनि सहजीकरण गरिएको छ।’

राष्ट्र बैंकका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १ को उपदफा ९३ अनुसार प्रचलित कानुनबमोजिम हुने करबापतको रकम सम्बन्धित विदेशी लगानीकर्ता, उद्योग, कम्पनी वा कर कार्यालयको नाममा प्राप्त हुने गरी बैंक तथा वित्तीय संस्थामार्फत भित्र्याउन सकिनेछ। त्यस्तो रकम भित्र्याउन राष्ट्र बैंक वा विदेशी लगानी स्वीकृत गर्ने निकायको स्वीकृति आवश्यक नपर्ने उल्लेख छ।