BIZMANDU
www.bizmandu.com

वैकल्पिक राजनीतिक पक्षधरलाई एकताबद्ध गर्नुपर्ने रास्वपाको निष्कर्ष, बनायो कार्यदल

२०८२ असार ५

वैकल्पिक राजनीतिक पक्षधरलाई एकताबद्ध गर्नुपर्ने रास्वपाको निष्कर्ष, बनायो कार्यदल
वैकल्पिक राजनीतिक पक्षधरलाई एकताबद्ध गर्नुपर्ने रास्वपाको निष्कर्ष, बनायो कार्यदल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैकल्पिक राजनीतिक पक्षधरहरुलाई एकताबद्ध गर्नुपर्ने निष्कर्षमा पुगेको छ।

Tata
GBIME

रास्वपाको सचिवालय बैठकले वैकल्पिक राजनीति पक्षधरलाई एकताबद्ध गर्न नेतृत्व लिने निर्णय गर्दै यसका लागि सहकार्य संवाद कार्यदल गठन गरेको छ। कार्यदलमा रहेका सदस्यको नाम भने खुलाइएको छैन।

‘विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने र ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने,’ पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले बिहीबार सार्वजनिक गरेको सचिवालय बैठकको बुधबारको निर्णयमा भनिएको छ।

रास्वपाले आफ्नो तेस्रो स्थापना दिवस ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ। रास्वपाको स्थापना दिवस असार ७ गते हो।

यस्तै भिजिट भिसा प्रकरणमा संसद्‍मा गरेको विरोध प्रशंसनीय भएको ठहर गर्दै सचिवालय बैठकले सशक्तरूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको छ।