BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय पत्रकार महासंघले भन्यो- सञ्चारमाध्यम र पत्रकारविरुद्धका सबै मुद्दा खारेज गर

२०८२ असार ४

अन्तर्राष्ट्रिय पत्रकार महासंघले भन्यो- सञ्चारमाध्यम र पत्रकारविरुद्धका सबै मुद्दा खारेज गर
अन्तर्राष्ट्रिय पत्रकार महासंघले भन्यो- सञ्चारमाध्यम र पत्रकारविरुद्धका सबै मुद्दा खारेज गर

काठमाडौं। अन्तर्राष्ट्रिय पत्रकार महासंघले सञ्चारमाध्यम र पत्रकारविरुद्धका सबै मुद्दाहरू खारेज गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। महासंघले बिजमाण्डू, नेपाल खबर र पत्रकार दिलभूषण पाठकमाथिका सबै मुद्दा खारेज गर्न आग्रह गरेको हो

Tata
GBIME

काठमाडौं जिल्ला अदालतले जेठ २७ गते बिजमाण्डू र नेपाल खबरलाई समाचार हटाउन आदेश दिएको थियो। सोही दिन वरिष्ठ पत्रकार पाठकविरुद्ध पनि मानहानीको आरोपमा पक्राउ पूर्जी जारी गरिएको थियो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठले हालेको मुद्दामा अदालतले मंगलबार बिजमाण्डू र नेपालखबरमा प्रकाशित भएका समाचारहरू तुरुन्त हटाउनु, हटाउन लगाउनु भनि आदेश जारी गरेको हो। बिजमाण्डूले सेबोनमा भएको अनियमितताबारे लगातार समाचार प्रकाशन गरिरहेको छ।

महासंघले सरकारलाई स्वतन्त्र र आलोचनात्मक पत्रकारिताको अधिकारको संरक्षण गर्न पनि अपिल गरेको छ। अदालतले सार्वजनिक सरोकारका विषयमा गरिएको रिपोर्टिङका लागि पत्रकार र सञ्चारमाध्यमलाई निशाना बनाउनु लोकतान्त्रिक मूल्य र नेपालको संविधानमा सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको प्रतिकूल भएको ठहर गरेको छ।