BIZMANDU
www.bizmandu.com

तातोपानीबाट ४ दिनयता रोकियो आयात, रसुवा हुँदै दैनिक ३५ भन्दा बढी कन्टेनर आउँदै

२०८२ असार ४

तातोपानीबाट ४ दिनयता रोकियो आयात, रसुवा हुँदै दैनिक ३५ भन्दा बढी कन्टेनर आउँदै
तातोपानीबाट ४ दिनयता रोकियो आयात, रसुवा हुँदै दैनिक ३५ भन्दा बढी कन्टेनर आउँदै

काठमाडौं। तातोपानी भन्सारबाट असार १ गतेयता सामान आयात रोकिएको छै। नाका नजिक पहिरो गएपछि ४ दिनयता आयात रोकिएको हो।

Tata
GBIME

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले सडक अवरुद्ध हुँदा कन्टेनरहरू आउन नसकेको बताए। नेपालतर्फको बाटोमा पहिरो गएपछि आयात रोकिएको हो।

लामो पहिरो गएकोले तलबाटै जाली लगाएर पुनःनिर्माण गर्नुपर्ने बताइएको छ। अहिले पनि वर्षाका कारण काम रोकिरहेको उनले जानकारी दिए। अझै २/४ दिन सडक खुल्न समय लाग्ने भएकोले चिनियाँ सामान नआउने उनले जानकारी दिए।

यसअघि भन्सारमा फलफूल, खुद्रा सामान बोकेको कन्टेनर दैनिक १० देखि १५ वटा भित्रिने गरेको थियो। नेपालतर्फ करिब ४० वटा कन्टेनर आएर बसेको छ। तातोपानी भन्सार आउने बाटोमै पहिरो गएकोले कन्टेनर रोकिएको बताइएको छ।

रसुवा भन्सार कार्यालयतर्फ भने आयात सामान्य रहेको कार्यालयका प्रमुख अधिकृत तुलसी भट्टराईले जानकारी दिए।

‘दैनिक ३५ भन्दा बढी कन्टेर आइरहेको छ। वर्षाका कारण केरुङतर्फ बाटो केही समय बन्द हुने गरेको छ। रसुवा भन्सारमा रेडिमेड कपडा, जुत्ताचप्पल, हाइड्रोका सामान र स्याउ आयात भइरहेको छ,’ उनले भने। 

यो नाकाबाट हस्तकला, गलैंचा, फर्निचर लगायत निर्यात भइरहेको प्रमुख अधिकृत भट्टराईले बताए।