BIZMANDU
www.bizmandu.com

शारजाहबाट आएकी एक भारतीय यात्रु त्रिभुवन विमानस्थलमा एक किलो सुनसहित पक्राउ

२०८२ असार ४

शारजाहबाट आएकी एक भारतीय यात्रु त्रिभुवन विमानस्थलमा एक किलो सुनसहित पक्राउ
शारजाहबाट आएकी एक भारतीय यात्रु त्रिभुवन विमानस्थलमा एक किलो सुनसहित पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक हवाई यात्रु करिब १ किलो १ सय ५९ ग्राम तौलको सुनसहित पक्राउ परेकी छन्।

Tata
GBIME

पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुरजीत सिंह खेमानी रहेको प्रहरीले जनाएको छ। एयर अरेबियाको उडानद्वारा यूएईको शारजाहबाट मंगलबार राति काठमाडौं आएकी उनी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट पक्राउ परेकी हुन्।

प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले बेरेको ३ वटा डल्ला सुन बरामद भएको थियो। लगत्तै उनलाई नियन्त्रणमा लिइएको हो।  

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।