BIZMANDU
www.bizmandu.com

कतार एयरवेज विश्वकै उत्कृष्ट, बेस्ट क्याबिन क्रु सिंगापुरको, उम्दा सस्तो एयरलाइन्स कुन?

२०८२ असार ४

कतार एयरवेज विश्वकै उत्कृष्ट, बेस्ट क्याबिन क्रु सिंगापुरको, उम्दा सस्तो एयरलाइन्स कुन?
कतार एयरवेज विश्वकै उत्कृष्ट, बेस्ट क्याबिन क्रु सिंगापुरको, उम्दा सस्तो एयरलाइन्स कुन?

कतार एयरेवज सन् २०२५ को उत्कृष्ट एयरलाइन्स घोषित भएको छ। कतारको ध्वजाबाहक विमानलाई मंगलबार पेरिस एयर शोका क्रममा स्काईट्रयाक्स वर्ल्ड एयरलाइन अवार्ड दिने घोषणा गरिएको हो।

Tata
GBIME

अवार्डको २६ वर्ष लामो इतिहासमा यो अवार्ड कतारले ९ औं पटक प्राप्त गरेको हो। सन् २०२४ मा पनि कतारले नै यो अवार्ड पाएको थियो।

पाँचपटक सो अवार्ड प्राप्त गरेको सिंगापुर एयरलाइन्स भने यसपटक उत्कृष्ट एयसलाइन्सको सूचीको दोस्रो नम्बरमा छ। यद्यपि, सिंगापुर एयरलाइन्सले यो वर्ष विश्वकै उत्कृष्ट क्याबिन क्रुको अवार्ड पाएको छ।

लो-कस्ट एयरलाइन्स २०२५ को उत्कृष्टमा एयरएसिया छ। उत्कृष्ट क्षेत्रिय एयरलाइन्सको अवार्ड बैंकक एयरवेजले पाएको छ।

विश्वकै सफा एयरलाइन्सको उपाधि एभा एयरले पाएको छ। यो विधामा कतार एयरवेज चौथो स्थानमा छ।

सन् २०२५ का विश्वका उत्कृष्ट २० एयरलाइन्स

१. कतार एयरवेज्

२. सिंगापुर एयरलाइन्स

३. क्याथे प्यासिफिक

४. इमिरेट्स

५. एएनए अल निप्पन एयरवेज्

६. टर्किश एयरलाइन्स

७. कोरियन एयर

८. एयर फ्रान्स

९. जापान एयरलाइन्स

१०. हेनान एयरलाइन्स

११. स्विस इन्टरनेसनल एयरलाइन्स

१२. ईभीए एयर

१३. ब्रिटिश एयरवेज्

१४. कान्टास एयरवेज्

१५. लुफ्थान्सा

१६. भर्जिन एटलान्टिक

१७. साउदी अरेबियन एयरलाइन्स

१८. स्टारलक्स एयरलाइन्स

१९. एयर क्यानाडा

२०. इबेरिया

सन् २०२५ का उत्कृष्ट क्याबिन क्रू

१. सिंगापुर एयरलाइन्स

२. एएनए अल निप्पन एयरवेज्

३. क्याथे प्यासिफिक एयरवेज्

४. गरुडा इन्डोनेसिया

५. ईभीए एयर

६. हेनान एयरलाइन्स

७. जापान एयरलाइन्स

८. मलेसिया एयरलाइन्स

९. स्टारलक्स एयरलाइन्स

१०. कोरियन एयर

सन् २०२५ का उत्कृष्ट लो-कस्ट (सस्तो) एयरलाइन्स

१. एयरएशिया

२. स्कूट

३. इन्डिगो

४. युरोविङ्स

५. भुएलिङ एयरलाइन्स

६. भोलेटिया

७. ट्रान्साभिया

८. इबेरिया एक्सप्रेस

९. फ्लाइनेस

१०. इजिजेट

सन् २०२५ का उत्कृष्ट क्षेत्रीय एयरलाइन्स

१. बैंकक एयरवेज्

२. भर्जिन अष्ट्रेलिया

३. पोर्टर एयरलाइन्स

४. एजियन एयरलाइन्स

५. अजरबैजान एयरलाइन्स

६. जेटब्लु एयरवेज्

७. अलास्का एयरलाइन्स

८. हङकङ एयरलाइन्स

९. रवाण्डएयर

१०. रोयल एयर मोरोक

सन् २०२५ का सबैभन्दा सफा एयरलाइन्स

१. ईभीए एयर

२. एएनए अल निप्पन एयरवेज्

३. क्याथे प्यासिफिक एयरवेज्

४. कतार एयरवेज्

५. सिङ्गापुर एयरलाइन्स

६. हेनान एयरलाइन्स

७. स्टारलक्स एयरलाइन्स

८. जापान एयरलाइन्स

९. कोरियन एयर

१०. चाइना सदर्न