काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई अदालतले ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ। उनी धरौटी बुझाएर काठमाडौं जिल्ला अदालतबाट निस्किसकेका छन्।
तीनकुनेमा भएको राजवादी प्रदर्शनका क्रममा भिडलाई उकाएर अराजक बनाएको आरोप मिश्रमाथि छ। उनी यसअघि नै हाजिरी जमानीमा हिसारत मुक्त भएका थिए।
मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका उनलाई न्यायधीश तारादेवी महर्जनको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।