काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई वटा म्युचुअल फण्डलाई सार्वजनिक निष्कासन अनुमति दिएको छ। सेबोनले सिटिजन्स सदाबहार योजना र एनआईसी एसिया इक्विटी लिङ्ड इन्भेष्टमेन्ट स्कीमलाई इकाई बिक्री अनुमति दिएको हो।
सिटिजन्स सदाबहार खुलामुखी प्रकृतिको योजना हो। योजनाले अंकित मूल्य १० रुपैयाँ दरमा ५ करोड इकाई बिक्री गर्नेछ। योजनाको कोष प्रबर्द्धक सिटिजन्स बैंक रहेको छ भने व्यवस्थापक सिटिजन क्यापिटल रहेको छ।
त्यस्तै, एनआईसी एसिया इक्विटी लिङ्ड इन्भेष्टमेन्ट स्कीम पनि खुलामुखी योजना हो। योजनाले अंकित मूल्य प्रति १० रुपैयाँ दरमा १० करोड इकाई बिक्री गर्ने अनुमति पाएको छ।
योजनाको प्रबर्द्धक एनआइसी एसिया बैंक र व्यवस्थापकमा एनआइसी एसिया क्यापिटल रहेको छ।