BIZMANDU
www.bizmandu.com

कांग्रेस सभापति देउवाले डाके केन्द्रीय समितिको आकस्मिक बैठक

२०८२ असार ३

कांग्रेस सभापति देउवाले डाके केन्द्रीय समितिको आकस्मिक बैठक
कांग्रेस सभापति देउवाले डाके केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक डाकेका छन्। बुधबार बिहान ८:३० बजे बस्ने गरी बैठक डाकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Tata
GBIME

कांग्रेसले यसअघि जेठ १५ गतेका लागि केन्द्रीय समितिको बैठक डाकेको थियो। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भएको छ,’ मुख्यसचिव पौडेलले मंगलबार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पार्टीका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित बैठकको मुख्य विषय रहने प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताए। ९० वर्षीय शास्त्रीको सोमबार निधन भएको थियो। श्रद्धाञ्जलिका लागि उनको शव बुधबार बिहान ९ देखि ११ बजे पार्टी कार्यालयमा राखिने भएको छ।