BIZMANDU
www.bizmandu.com

अन्तःशुल्क हटे पनि बजारमा घटेन ड्राइफ्रुट्सको भाउ, व्यवसायी अटेरी बन्दै

२०८२ असार ३

अन्तःशुल्क हटे पनि बजारमा घटेन ड्राइफ्रुट्सको भाउ, व्यवसायी अटेरी बन्दै
अन्तःशुल्क हटे पनि बजारमा घटेन ड्राइफ्रुट्सको भाउ, व्यवसायी अटेरी बन्दै

काठमाडौं। सरकारले आर्थिक बजेटमार्फत १२ थरीका ड्राइफ्रुट्समा अन्तःशुल्क हटाएको थियो। अन्तःशुल्क हटेको करिब १५ दिन भन्दा बढी भइसक्दा पनि बजारमा व्यवसायीले भाउ घटाएका छैनन्। गत वर्ष व्यवसायीले सरकारले अन्तःशुल्क बढाएको केही दिनदेखि नै भाउ बढाएर बिक्री गरेका थिए।

Tata
GBIME

यतिबेला ठुला होलसेलबाट भाउ नघटेको खुद्रा व्यवसायीले बताएका छन्। ड्राइफुट्स आयात गर्दा १० देखि १५ प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो। त्यसले बजारमा भाउ महँगो हुनका साथै भारतबाट काजु-बदामहरु तस्करी बढेको थियो। यसपटक अन्तःशुल्कमा सरकारले राहत दिए पनि बजार भाउ नघट्दा उपभोक्ताले त्यसको लाभ लिन पाएका छैनन्।

यतिबेला ड्राइफ्रट्स आयातकर्ता तथा ठुला डिलरले पुरानै भाउमा बिक्री गरिरहेका पाइएको छ। कात्यायनी स्टोरका संचालक इसव पराजुलीले भाउ नघटेको बताए।

‘यतिबेला कुनै पनि ड्राइफ्रुट्सको भाउ घटेको छैन। अहिले बजारमा ड्राइफुट्सको माग पनि कम छ,’ उनले भने, ‘खपत पनि घटिरहेको छ। अन्तःशुल्क हटेपछि भाउ केही हदसम्म घट्नुपर्ने हो तर हामीले होलसेलबाट पुरानै भाउमा खरिद गरिरहनुपरेको छ।’

उनका अनुसार थोक व्यवसायीले ‘उताबाट जसरी आयो त्यसरी दिने’ भन्दै भाउ नघटाएका हुन्। अन्तःशुल्क हटेपछि व्यवसायीले केजीमा ३ सय रुपैयाँभन्दा बढी भाउ घट्ने अनुमान गरेका थिए। हाल बजारमा काजु प्रति केजी १५०० रुपैयाँ, बदाम १६ सय ,ओखर ५ सयदेखि ६ सय रुपैयाँ छ।