BIZMANDU
www.bizmandu.com

यातायात व्यवस्था कार्यालयका एक अधिकृतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा

२०८२ असार ३

यातायात व्यवस्था कार्यालयका एक अधिकृतविरुद्ध  गैरकानुनी सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा
The Commission for Investigation of Abuse of Authority (CIAA) has filed a corruption case against Chief Secretary Baikuntha Aryal, alongside Bikal Paudel and other officials at Special Court in kathmandu, Nepal on 23 Jun 2024. The decision was made during a meeting of the anti-graft body held on Friday, accusing these individuals of corruption related to the printing of excise duty stickers.

काठमाडौं। जेथा र आम्दानीभन्दा अस्वाभाविक सम्पत्ति र खर्च भेटिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र, पर्साका तत्कालिन अधिकृत (आठौं तह) कमलराज गौतमविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Tata
GBIME

उनीविरुद्ध परेको पदमा बहाल रहँदा पदीय मर्यादा विपरीतका काम गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानपछि आयोगले मुद्दा चलाएको हो। उनको २०५५ देखि २०७९ सालसम्मको जागिरको अवधिको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमतीको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घरजग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरु तथा जनक शिक्षा सामग्रीबाट ऋण/सापटी लिएको रकम, सेयर बिक्रीबाट प्राप्त रकम, सवारीसाधन बिक्री आय, बीमाको आम्दानी, कृषि, घरभाडा र बैंकब्याज आयोगले जाँच गरेको थियो।

त्यसमा उनको वैधानिक आम्दानीभन्दा सम्पत्ति खर्च तथा लगानी बढी देखिएको थियो। आयोगद्वारा जारी विज्ञप्तिअनुसार उनको आम्दानी २ करोड ८९ लाख २० हजार २ सय ६८ रुपैयाँ १८ पैसा देखिएको छ। उक्त अवधिमा घर निर्माण, घरजग्गा खरिद, रजिष्ट्रेशन शुल्क, गाडी खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोष/बैंक/जनक शिक्षा सामाग्रीमा ऋण तिरेको रकम, सेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैंक मौज्दात गरी कुल ५ करोड ४० लाख ९८ हजार ९ सय ५५ रुपैया ८९ पैसा बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको छ।

आम्दानीबाट खर्च तथा लगानी घटाउँदा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसाको स्रोत खुल्न नसकेपछि गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको भन्दै आयोग विशेष अदालत पुगेको हो। मुद्दामा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा बिगो मागदाबी गरिएको छ।