BIZMANDU
www.bizmandu.com

एससीटी-युपीआई कार्डका ग्राहकहरुले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने

२०८२ असार ३

एससीटी-युपीआई कार्डका ग्राहकहरुले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने
एससीटी-युपीआई कार्डका ग्राहकहरुले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने

काठमाडौं। भुक्तानी प्रणाली संचालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससीटी-युपीआई कार्डका ग्राहकहरुलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट हुने भएको छ।

Tata
GBIME

समुन्द्री तहबाट १ हजार ८४१ फिट माथि नवलपुरको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिर दर्शन गर्न आउने आगन्तुकहरूको यात्राअझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केबलकारले यो अफर ल्याएको कम्पनीले जनाएको छ।

अफर अन्तर्गत ग्राहकहरुलेआफ्नो एससीटी-युपीआइ कार्डबाट पीओएस मेसिनमार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी-युपीआई कार्ड जारी गर्दै आएको छ। यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको जनाइएको छ।