BIZMANDU
www.bizmandu.com

३ दिनपछि घट्यो सुनको मूल्य, तोलामा २ हजार ५oo रुपैयाँ गिरावट, चाँदीको भाउ कति?

२०८२ असार ३

३ दिनपछि घट्यो सुनको मूल्य, तोलामा २ हजार ५oo रुपैयाँ गिरावट, चाँदीको भाउ कति?
३ दिनपछि घट्यो सुनको मूल्य, तोलामा २ हजार ५oo रुपैयाँ गिरावट, चाँदीको भाउ कति?

काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य आज घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा २ हजार ५०० रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो। ३ दिनपछि सुनको मूल्य ओरालो लागेको हो।

Tata
GBIME

मंगलबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ९५ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन प्रति तोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन तोलामा ४०० रुपैयाँ बढेर प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँ पुगेको थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट छ। मंगलबार चाँदी तोलामा ५ रुपैयाँ घट्दै प्रति तोला २ हजार १६० रुपैयाँ भएको छ। सोमबार चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको हो। मंगलबार सुन घटेर प्रतिऔंस ३३९४.५२ डलरमा आइपुगेको छ। चाँदी प्रतिऔंस ३६.४३ डलर रहेको छ। सोमबार सुन प्रतिऔंस ३४२९.०३ डलर र चाँदी प्रतिऔंस ३६.२९ डलर थियो।